Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

लक्ष्मीपूजाको दिन सोचेभन्दा कम विजुली खपत, बढी भएपछि ४८ मेगावाट भारत पठाइयो

काठमाडौं । सबैभन्दा बढि विद्युत खपत हुने लक्ष्मीपूजाको दिन यो वर्ष नेपाल विद्युत प्राधिकरणले सोचेभन्दा कम विद्युत खपत भएको जनाएको छ । यो वर्ष विद्युत उच्च माग (पिक डिमाण्ड) १२७० मेगावाट पुगेको प्रधिकरणको भनाई छ ।

नेपाल विद्युत प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाका दिन पिक डिमाण्ड १५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरी सोही अनुसार विद्युत आपूर्तिको व्यवस्थापन गरेको थियो।

प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन साँझ सवा ६ बजे पिक डिमाण्ड १२७० मेगावाट रेकर्ड गरेको छ। गत वर्ष लक्ष्मीपूजाको दिन पिक डिमाण्ड ११२३ मेगावाट थियो। गत वर्षको तुलनामा यस वर्षको लक्ष्मीपूजाको पिक डिमाण्ड १४७ मेगावाट बढी हो।

विगतका वर्षहरूमा लक्ष्मीपूजाको माग धान्नका लागि विद्युत आयात हुँदै आएकोमा अब आन्तरिक उत्पादनले नै पुग्न थालेको छ। यस वर्षको लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत भारत निर्यात गरिएको छ भने आयात शुन्यमा झरेको छ।

यस वर्ष काठमाडौं उपत्यकासहित यस आसपासका क्षेत्रको पिक डिमाण्ड ३२०.६४ मेगावाट रेकर्ड गरिएको छ। गत वर्ष यस क्षेत्रको पिक डिमाण्ड २९६ मेगावाट थियो।

यस वर्षमा लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले पर्याप्त विद्युत रहेकाले ढुक्कसँग बत्ति बाल्न उपभोक्तहरुलाई आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077