Jul 28 2026 | २०८३, श्रावण १२ गते

28 Jul 2026 | मंगलवार, श्रावण १२ गते २०८३

मंगलवार, श्रावण १२ गते २०८३
images
images

घाँस काट्न गएकी १३ वर्षिया बालिकाको भिरबाट लडेर मृत्यु

काठमाडौं । बझाङमा घाँस काट्न गएकी एक बालिकाको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार दुर्गाथली गाउँपालिका–३ रकैलका प्रेम बहादुर धामीकी १३ वर्षीया छोरी शशिकला धामीको मृत्यु भएको हो।

घाँस काट्ने क्रममा आज दिउसको उनको घर नजिकै भिरबाट लडेर मृत्यु भएको हो।

भीरबाट करिब ३०० मिटर तल खसेकी धामीको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077