Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरमा ग्यासको सिलिण्डर विस्फोट हुँदा ४ जनाको मृत्यु

ललितपुर – ललितपुरको मंगलबजारमा ग्यास सिलिण्डर विस्फोट भएको छ। शुक्रबार भएको सो दुर्घटनामा ४ जना मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मंगलबाजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा लक्ष्मीकृष्णको दम्पतिसहित चार जनाको घटनास्थलमै मृत्यु भएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छिन्।

उनका अनुसार घाइते दुई जनालाई उपचारको लागि अस्पताल लगिएको छ। ‘केही बेरअघि ग्यास विस्फोट भएको हो, अहिले हामी घटनास्थल पुगेर उद्दार गरिरहेका छौँ, अहिले घटनास्थलमा चार जनाको शव फेला परेको छ भनेर दुई जनालाई अस्पताल पठाएका छौँ’ एसएसपी बज्राचार्यले भनिन्।

उनका अनुसार ग्यास सिलिण्डर वि,स्फोट भएको घरमा कति जना थिए भन्ने यकिन हुन सकेको छैन। घटनाको थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077