Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

ग्यासको सिलिण्डर विस्फोट : मृतक ४ जनाको पहिचान खुल्यो, ५ जना अस्पताल भर्ना

ललितपुर । ललितपुरको मंगलबजारमा भएको ग्यास सिलिण्डर विस्फोटमा मृत्यु हुने ४ जनाको पहिचान खुलेको छ। मृतकहरुमा लक्ष्मीकृष्ण ताम्राकार, अन्जना ताम्राकार, रजना ताम्राकार र निर्मल ताम्राकार रहेको प्रहरीले जानकारी दिएको छ।

शुक्रबार बेलुका ६ बजेर ३६ मिनेटमा मंगलबाजारस्थित लक्ष्मीकृष्ण ताम्राकारको घरमा ग्यास सिलिण्डर विस्फोट भएको थियो। विस्फोटमा ज्यान गुमाउनेहरु एकै परिवारका सदस्य भएको बताइएको छ।

सो विस्फोटमा अन्य ५ जना घाइते भएका छन्। उनीहरुलाई अस्पताल लगिएको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले जानकारी दिएकी छिन्।

घाइते हुनेमा स्नेहा, अरूष, अनार, आर्य र सर्जु ताम्राकार रहेको प्रहरीले जनाएको छ। ग्यास विस्फोट भएर आगलागी भएपछि प्रहरीसहितकाके उद्धार टोली घटनास्थल पुगेको थियो।

प्रहरीले घटनास्थलमा चार जनाको शव फेला परेको जानकारी दिएको हो। ग्यास सिलिण्डर विस्फोट भएको घरमा कति जना थिए भन्ने एकिन हुन नसकेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077