Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा. मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा.सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले एक प्रेस विज्ञप्ति जारी गरी डा.मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने जनाएको छ ।

डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुन् । उनले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077