Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

जसपाका वडाध्यक्ष र वडासदस्य कांग्रेसमा प्रवेश

मोरङ । जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित भएका वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जसपा परित्याग गरी कांग्रेसमा गएका हुन्।

त्यस्तै वडा नम्बर १७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन्। शुक्रबार उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले टीका लगाएर पार्टीमा स्वागत गरेका छन्।

चुनावको मिति नजिकिन थालेपछि राजनीतिक वृत्त तातिन थालेको छ। कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो। नव प्रवेशीहरुले पार्टीलाई थप बलियो बनाएर अघि बढ्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077