Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सल्यानबाट तुलसीपुर आउँदै गरेको बस खारखोलामा दुर्घटना, नौं जनाको मृत्यु, २१ घाइते

दाङ । सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको यात्रुवाहक बस दुर्घटनामा हुँदा कम्तीमा नाैं जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार आइतबार बिहान भएको बस दुर्घटना परी  नाैं जनाको मृत्यु भएको हो। बस सडकबाट २ सय मिटर तल खसेको छ।

सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आज बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार घटनास्थलमै सात जनाको र उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको पनि मृत्यु भएको हो ।

प्रहरीका अनुसार बसमा ३० जना यात्रु रहेको अपुष्ट जानकारी आएकाले घाइतेको संख्या धेरै नै रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077