Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। कात्तिक २८ गते आइतबारका लागि बैठक बोलाइएको हो।

कात्तिक २८ गते आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ।

१४ औं महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो। यसअघि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकविनै केन्द्रीय निर्वाचन समितिमार्फत् महाधिवेशन कार्यतालिका बनाएको थियो।

वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय समिति बैठक राख्न माग गरिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077