Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय एक प्रहरीले आफ्नै ७ जना साथीहरूमाथि बर्साए गोली: चारको मृत्यु, तीन घाइते

एन्जेसी । छिमेकी मुलुक भारतको छत्तीसगढमा एक प्रहरीले आफ्नै साथीहरूमाथि गोली बर्साएका छन् ।

भारतीय संचार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार प्रदेश राजधानी रायपुरबाट ४ सय किलोमिटर टाढा रहेको सिक्मा जिल्लाको सेन्ट्रल रिजर्भ पुलिस फोर्सको क्याम्पमा सोमबार बिहान साढे ३ बजेतिर एके-४७ राइफलबाट गोली चलेको थियो।

गोली लागेर चार जना प्रहरीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

संचार माध्यमका अनुसार आफ्नै साथीहरूमाथि गोली बर्साउने प्रहरीलाई हिरासतमा लिइएको छ ।

उनले किन गोली हानेका हुन् भन्नेबारे प्रहरीले सोधपुछ गरिरहेको समाचारमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077