Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भारत भर्सेस नामिबिया: विराटले कप्तानका रुपमा अन्तिम टी–२० खेल खेल्दै

एजेन्सी । भारत आइसीसी टी–२० विश्वकप २०२१ को समूह चरणबाटै बाहिरिएको छ। आइतबार भएको सुपर १२ को खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई पराजित गरेपछि भारत बाहिरिएको हो।

जितसँगै न्युजिल्याण्डले भने अन्तिम ४ मा स्थान पक्का गरेको छ। भारतले आज नामिबियासँग अन्तिम खेल खेल्दैछ। सो खेल विराट कोहलीका लागि कप्तानका रुपमा अन्तिम टी–२० खेल हुनेछ ।

विराटले विश्वकप शुरु हुनुपूर्व नै टी–२० क्रिकेटको कप्तानी छाड्ने बताइसकेका थिए। नामिबियासँगको खेल विराटका लागि टोलीको कप्तानका रुपमा ५० औं टी–२० खेल हुनेछ।

विराटले ब्याटिङमा ध्यान केन्द्रित गर्न, समय तालिका मिलाउनका लागि कप्तानी छाड्ने निर्णय गरेका थिए। उनले भारतीय टोलीबाट मात्र नभएर आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोरको पनि कप्तानी छाड्ने निर्णय गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077