Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानन्यायाधीशले बोलाएको न्याय परिषद् बैठकमा नजाने बारको निर्णय

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्याय परिषद् र न्याय सेवा आयोगको बैठकमा नेपाल बार सहभागी नहुने भएको छ। बारले सोमबार उक्त बैठकमा सहभागी नहुने निर्णय गरेको हो।

जबरा निरन्तर विवादमा परेपछि बारले उनको राजीनामा माग गरिरहेको छ। जबराले राजीनामा नदिने बताएपछि बारले तिहारअघि विरोधका कार्यक्रम गरेको थियो। सोमबारबाट उक्त विरोध र आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइएको छ।

महासचिव लीलामणि पौडेलका अनुसार सोमबार बसेको बार बैठकले प्रधानमन्त्री र दलहरुले अहिलेको अवस्था अवगत गराउने र अदालतबाट दंगा प्रहरी हटाउन माग गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077