Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुन्दरीजलमा पीपलको रुखमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पीपलको रुखमा ठोकिएर दुर्घटना हुँदा गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलका २२ वर्षीय स्वच्छन्द पुडासैनीको आइतबार राति मृत्यु भएको हो ।

सख्त घाइते पुडासैनीको उपचारका लागि अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077