Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसमा पछिल्लो २४ घण्टामा ३९ हजारभन्दा बढी कोरोना संक्रमित थपिए

एजेन्सी । रुसमा पछिल्लो २४ घण्टामा ३९,४०० कोभिड–१९ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । यो सँगै कुल सङ्क्रमितको सङ्ख्या ८,८३४,४९५ पुगेको आधिकारिक अनुगमन तथा प्रतिक्रिया केन्द्रले सोमबार जानकारी दिएको छ।

यसैबीच कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १,१९० ले बढेर २,४८,००४ पुगेको छ भने निको हुनेको संख्या २५,५८२ ले बढेर ७,५८७,५६० पुगेको छ।

त्यसैगरी राजधानी मस्कोमा पछिल्लो २४ घण्टामा ४,९८२ नयाँ सङ्क्रमितहरू फेला परेका छन् । यो सँगै राजधानीमा मात्र सङ्क्रमितको सङ्ख्या १,८६६,६०६ पुगेको छ।
पछिल्लो जानकारी अनुसार छ करोड भन्दा बढी रूसी नागरिकहरूले कम्तिमा एक मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077