Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धतुरोको तरकारी खाँदा एकजनाको मृत्यु

लमजुङ । लमजुङमा धतुरोको तरकारी खाँदा एकजनाको मृत्यु भएको छ। मर्स्याङ्दी गाउँपालिका–९ पामचोकमा साग भनेर धतुरोको तरकारी खाँदा ८३ पवित्रा खड्काको मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीका अनुसार तरकारी खाएर धनकुमारी अधिकारी र ठगीमाया भण्डारी बेहोस भएका थिए।

उनीहरु बेंसीसहरस्थित जिल्ला अस्पतालमा उपचार गरेर घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077