Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आफ्नै श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

सुनसरी । प्रहरीले आफ्नै ३४ वर्षीया श्रीमती छुङ्कु मगर (राई) को कुटपिट गरी हत्या गरेको अभियोगमा श्रीमानलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका-१५ निराजन बस्ती बस्ने ४१ वर्षीय महेन्द्र राई रहेका छन् ।

राईलाई सोमबार साँझ ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार श्रीमानको कुटपिटबाट गम्भीर घाइते भएकी छुङ्कुको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077