Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दिल्लीमा प्रधानसेनापति शर्माले पाए सम्मान, दिइयो ‘गार्ड अफ अनर’

काठमाडौं । भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा दिल्ली पुगेका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ ।

चारदिने भ्रमणका लागि आज विहान दिल्ली प्रस्थान गरेका शर्मालाई साउथ ब्लकमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको हो ।

त्यसपछि साउथ ब्लकमै शर्मा र नरवणेबिच छलफल भेटवार्ता भएको छ। दुई देशका सेनाध्यक्षबिच रक्षा मामिलामा सहकार्य गर्ने विषयमा कुराकानी भएको जनाइएको छ।

भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्ने कार्यक्रम छ।

उनलाई यही कात्तिक २४ गते बुधवार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

https://www.facebook.com/Indianarmy.adgpi/photos/pcb.1751554818374473/1751554761707812

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077