Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

मेसीले यस वर्षको बालोन डी’ओर जितेकै हुन् त ? अवार्ड वितरक फ्रान्स फुटबल के भन्छ ?

एजेन्सी । केही दिनअघि सामाजिक सञ्जालमा वर्ष २०२१ को बालोन डी’ओर लियोनल मेसीले जितेको भनी एक फोटो निके भाइरल गराइयो।

त्यसपछि पोर्चुगलको एक टेलिभिजनले अवार्ड विजेता फ्रान्स फुटबलले मेसीलाई यसबारेमा जानकारी गराइरहेको दाबी गरेको थियो।

टेलिभिजनको दाबीले यति धेरै हल्लाखल्ला भयो कि आधिकारिक वितरकले यसबारेमा जानकारी गराउनै पर्ने स्थिति आयो। यसका निर्देशक पास्कल फेरेले नतिजा लिक भएको भनिएको कुरा हल्ला मात्र भएको जानकारी दिएका छन्।

‘यो एकदमै बकवास कुरा हो। हामीले वितेका १० वर्षदेखि यस्तो अफवाह फैलिएको देख्दै आएका छौं,’ बिल्डसँग उनले भने।

वर्षको उत्कृष्ट खेलाडीलाई दिइने यो सबैभन्दा प्रतिष्ठित अवार्ड हो। यस वर्ष मेसीसँगै रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो, करिम बेन्जेमा र जर्जिन्होलाई अवार्डको दाबेदार मानिएको छ।

यीमध्ये पनि मेसी र लेवान्डोस्कीले बालोन डी’आर जित्ने सम्भावना बढी रहेको विभिन्न सर्वेक्षणहरुले देखाएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077