Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

पर्यटक बोकेर सौराहा आउँदै गरेको बस नारायणगढको घोलमा खस्यो, ४६ जना घाइते

चितवन। कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढस्थित सडक छेउको घोलमा दुर्घटना भएको छ।

दुर्घटनामा बसमा सवार ४६ जना नै घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार सौराहा घुम्न आएका यात्रु बोकेको भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे  नारायणगढको लायन्सचोकमा रहेको घोलमा खसेको हो ।

दुर्घटनामा चालक पनि सामान्य घाइते भएको र उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको जनाएको छ।

बसका चालक रमेशकुमार कर्णले मापसे गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ।

यस बिषयमा थप आवश्यक अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077