Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

दाङबाट विराटनगर जाँदै गरेको बसमा एक्कासी आगो सल्कियो, १२ यात्रु घाइते

जनकपुरधाम । दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुवाहक बस धनुषामा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दुर्घटनापछि बसमा आफै एक्कासी आगो लाएग्को थियो। यद्यपि आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते हुनेमा सात महिला, चार पुरुष र एक जना बालक रहेका छन् । घाइतेमध्ये १० जनाको पुष्पवलपुरस्थित एक स्वास्थ उपचार केन्द्रमा दुई जनाको लालगढस्थित मोडेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

धनुषाधाम नगरपालिका–६ मालटोलस्थित पूर्वपश्चिम लोकमार्गमा दुर्घटना हुँदा बसको पुरै भाग जलेर नष्ट भएको छ ।

सडकबाट तल खसेको बसमा आफैँ आगो लागेको थियो । बस पल्टिने क्रममा तेलको टंयाकी फुटेर आगो लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलना आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077