Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री देउवालाई कमल थापाको काउन्टर जवाफ: राजालाई गाली गरेर राज गर्ने जमाना छैन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई काउन्टर जवाफ फर्काएका छन्। बुधबार बिहान गणेशमान स्मृति शान्ति प्रतिष्ठानले शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका थिए। जवाफमा अध्यक्ष थापाले राजालाई गाली गरेर राज गर्ने जमाना नभएको भन्दै सामाजिक सञ्जालमार्फत जवाफ फर्काएका हुन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्,'प्रम देउवालाई आग्रह- राजा विरुद्ध आक्रोश होईन, सुशासन दिनुहोस् । न्यायालय हडतालमा छ, संसद अवरुद्ध छ, सरकार भ्रष्टाचार/सर्वसत्तावादमा लिप्त छ, धर्मपरिवर्तन व्यापक भएको छ ,रोजगारीको खोजीमा ४० लाख युवा विदेश पलायन भएका छन्। संघीय गणतन्त्र असफल भैसक्यो ।राजालाई गाली गरेर राज गर्ने जमाना अब छैन।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077