Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

विराट कोहली र अनुष्काकी छोरीलाई बलात्कार गर्ने धम्की दिएका युवक पक्राउ

एजेन्सी । भारतीय क्रिकेट टोलीका खेलाडी विराट कोहली र अभिनेत्री अनुष्का शर्माकी छोरीलाई धम्की दिने व्यक्ति पक्राउ परेका छन्।

आरोपीलाई मुम्बई पुलिसको साइबर सेलले पक्राउ गरेको हो।

सुत्रका अनुसार पक्राउ पर्नेमा रामनागेश श्रीनिवास अकुबाथिनी रहेका छन्।

उनको उमेर २३ वर्ष रहेको बताइएको छ। उनलाई हैदराबादबाट पक्राउ गरिएको हो।

आइसिसि टी–२० विश्वकपमा भारतले हार बेहोरेपछि विराटकी छोरी वामिकालाई बलात्कार गर्ने धम्की दिइएको थियो।

अपशब्द प्रयोग गर्दै आरोपीले गाली गरेका थिए। पक्राउ परेका व्यक्तिले वामिकाको बलात्कार गर्ने धम्की दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077