Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सप्तरीमा बसको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

सप्तरी । सप्तरीमा बसले मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार भारत बिहार राज्यको सुपौल बलुवा–३ बिहार बस्ने बर्ष २२ वर्षीय राजु कुमार तिवारी र सोही मोटरसाइकलमा सवार परिचय खुल्न नसकेका अन्दाजी ३१ वर्षीय पुरुष रहेको प्रहरीले जनएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कंचनरुप नगरपालिका वडा नम्वर २ बरमझिया बुधबार राति १० बजे पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ग १ ख ९६४२ नम्बरको बसले बीआर ३८ आर ८१७३ नम्वरको मोटरसाइकल र पैदल यात्रीलाई ठक्कर दिएको हो ।

दुबै जनाको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पोष्टमार्टमको लागि राखिएको छ । दुबैजनाको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

ठक्करबाट पैदल यात्री कंचनरुप नगरपालिका वडा नम्वर १ बरमझिया का १९ वर्षीय रोहन प्रसाद गुप्ता घाइते भएका छन् । उनको उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077