Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

क्रिकेटर विराटकी छोरीलाई बलात्कारको धम्की दिने इन्जिनियर पक्राउ

.एजेन्सी । टी-२० विश्वकप क्रिकेटमा भारतीय टोलीले राम्ररी खेल्न नसकेपछि अनलाइन माध्यममा कप्तान विराट कोहलीकी सानी छोरीको बलात्कार गर्ने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्।

ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले बुधवार दक्षिण भारतको हैदराबाद सहरमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार विभिन्न ट्विटर प्रयोगकर्ताबारे मुम्बईमा जारी एउटा अनुसन्धानका क्रममा बुधवार हैदराबादमा एक सन्दिग्ध व्यक्तिलाई पक्राउ गरिएको हो।

ती प्रयोगकर्ताहरूले कोहली र अभिनेत्री अनुष्का शर्माविरुद्ध अपमानजनक टिप्पणी गरेको बताइएको छ । एउटा बेनामे ह्यान्डलबाट कोहलीकी छोरीको बलात्कार गर्ने धम्की दिइएको उजुरी उनका प्रबन्धकले प्रहरीमा दिएका थिए।

दिल्ली महिला आयोगले पनि दिल्ली प्रहरीलाई १० महिने बालिकाविरुद्ध दिइएको धम्कीबारे पत्र पठाएको थियो। स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार अहिले पक्राउ परेका व्यक्ति हैदरावादमा बस्ने २३ वर्षीय इन्जिनियर हुन्।

उनले दिएको भनिएको धम्कीका स्क्रीशटहरू भाइरल भएपछि ती व्यक्तिले ट्विटरमा नाम फेरेर पाकिस्तानी नागरिकका रूपमा प्रस्तुत गर्न खोजेको बताइन्छ।

तथ्यजाँच गर्ने एउटा भारतीय वेबसाइटले पछि ती व्यक्ति भारतीय नै भएको पत्ता लगाएको थियो। (बीबीसीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077