Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

९५ डीएसपीको सरुवा गरेकै दिन किन निकालियो ४ डीएसपीको काज ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ९५ डीएसपीको सरुवा गरेकै दिन चार जना डीएसपीको काज निकालेको छ ।

प्रहरीले चार जनाको सरुवामा नाम राखेर सार्वजनिक नगरी ४ घन्टामै पुनः काज निकालेको हो ।

काज खटाइएका डीएसपीहरुमा हरिनन्दन चौधरी, उमाशंकर यादव, लक्ष्मणबहादुर शाही र भावेश रिमाल रहेका छन्।

उनीहरुलाई क्रमश: वडा प्रहरी कार्यालय ‘क’ मोरङ, इलाका प्रहरी कार्यालय बरहथवा, इलाका प्रहरी कार्यालय सुख्खड कैलाली र इलाका प्रहरी कार्यालय गजुरी धादिङ रहेका छन् ।

बिहीबार बिहान सरुवा निकालेर अपराह्न काज निकाल्ने कार्यले प्रहरीभित्रको अस्तब्यस्ततालाई पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077