Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

'नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं' भन्दै प्रधानमन्त्रीको पुत्ला जलाइयो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख विपक्षी दल नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला जलाएको छ।

बिहीबार अपरान्ह काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) बाहिर विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएका हुन्।

प्रदर्शनका क्रममा उनीहरुले 'नाफा घाटा जान्दैनौं, मूल्यवृद्धि मान्दैनौं लगायतका नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

सरकारले बिहीबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ।

यस्तै,हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ । अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिलिण्डिर ७५ रुपैयाँ बढेको छ। यससँगै एक सिलिण्डरका लागि अब उपभोत्ताले १५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077