Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्जेन्टिना भर्सेस उरुग्वे : मेसी र सुआरेज आमनेसामने हुँदै, तथ्याङ्कमा को बलियो ?

एजेन्सी । विश्वकप छनोट खेलमा अर्जेन्टिनाले नोभेम्बर महिनामा २ खेलहरु खेल्दैछ। यो महिनाको पहिलो खेलमा उसले आगामी शनिबार (नोभेम्बर १३) मा उरुग्वेको सामना गर्दैछ।

उक्त खेल नेपाली समयअनुसार शनिबार बिहान ४ः४५ बजे शुरु हुनेछ। दक्षिण अमेरिकी छनोटको अंक तालिकामा ब्राजिल शीर्षस्थानमा रहेको छ। ११ खेल खेलेको ब्राजिलले १० जित र एक बराबरीबाट ३१ अंक जोडेको छ।

अर्जेन्टिना तालिकाको दोस्रो स्थानमा छ। उसले ११ खेलमध्ये ७ खेल जितेको छ भने ४ खेलमा बराबरी गर्दै २५ अंक जोडेको छ। १२ खेलबाट १७ अंक जोडेको इक्वीडर तेस्रो स्थानमा छ।

१२ खेलबाट १६ अंक जोडेको उरुग्वे तालिकाको पाँचौं स्थानमा छ। अर्जेन्टिना र उरुग्वेबीच हालसम्म १ सय ९१ खेलमा प्रतिस्पर्धा भएको छ। तीमध्ये ८९ खेल अर्जेन्टिनाले जितेको छ। त्यस्तै ४५ खेल बराबरीमा सकिएको छ भने ५७ खेलमा उरुग्वे विजयी भएको छ।

यी दुई टोलीको पछिल्लो भेट २०२१ को अक्टोबरमा महिनामा भएको थियो। उक्त खेलमा अर्जेन्टिना ३–० गोलले विजयी भएको थियो। यो महिनाको दोस्रो खेलमा अर्जेन्टिनाले ब्राजिलको सामना गर्नेछ। उक्त खेल बुधबारका दिन हुनेछ। नेपाली समयअनुसार खेल बिहान ५ः१५ मा शुरु हुनेछ।

आगामी वर्षको जनवरी २७ मा अर्जेन्टिनाले चिलिको सामना गर्नेछ। फेब्रुअरीमा कोलम्बियासँग खेल्नेछ भने मार्चमा भेनेजुएला र इक्वीडरसँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077