Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निको हुनेभन्दा थपिनेको संख्या मात्र ८ जनाले बढी, ३ जनाको मृत्यु

काठमाडौं ।  पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ।

मन्त्रालयका अनुसार विहीबार ९ हजार १३४ पीसीआर परीक्षणमा ३५५ जना र १ हजार ९३२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ भने सोही अवधिमा ३८९ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७ हजार ४९८ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि हिजो विहीबार ३१७ जनामा संक्रमण पुष्टि हुँदा २७९ जना डिस्चार्ज भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077