Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विप्लवनिकट विद्यार्थी र प्रहरीबीच भृकुटीमण्डपमा झडप

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दसम्मको घोषणा गरेको छ ।

पूर्व घोषित कार्यक्रम अनुसार मूल्यवृद्धिविरुद्धको प्रदर्शन उत्रिएको नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) र प्रहरीबीच झडप भएको छ । प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा झडप भएको हो ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि अखिल (क्रान्तिकारी)सँग आवद्ध विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका हुन्।

उनीहरुले बीच सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएपछि प्रहरीले त्यसलाई रोक्न खोज्दा झडप भएको हो । विप्लव नेतृत्वको माओवादीले मूल्बृद्धि फिर्ता नलिए ३० गते नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077