Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रचण्डको प्रस्तावलाई लत्याउँदै विप्लव नेतृत्वको नेकपाले भन्यो–आफू हार्नेभएपछि एकता ?

काठमाडौं । नेचविक्रम चन्द ‘‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावलाई सोझै इन्कार गरेको छ ।

हिजोको एक कार्यक्रममा प्रचण्डले विप्लव र वैद्यहरु पनि आफ्नो पार्टीमा फर्किने आशा व्यक्त गरेकोप्रति नेकपाले चुनावी हार ‘मेकअप’ गर्ने प्रचण्डको प्रत्यन्त भएको बताएको छ ।

शनिबार आयोजित पत्रकार सम्मेलनमा नेकपाका नेता धर्मेन्द्र बास्तोलाले चुनाव हार्ने डरले दाहालले आफूहरुसँग एकताको कुरा उठाएको टिप्पणी गरेका हुन् ।

उनले भने–‘‘उहाँ (प्रचण्ड)ले भन्दै हिँड्नु भएको छ, त्यस पछाडि उहाँका कारण होलान् । उहाँको चुनाव बिग्रनेवाला छ। आफैं चुनाव जित्नेवाला हुनुहुन्न । उहाँ र केपी ओलीजीको कारणले जनतामा घृणा पैदा भएको छ । त्यसलाई ‘मेकअप’ गर्न एकताको कुरा उठाउनु भएको छ।’

बास्तोलाले आफूहरु वैज्ञानिक समाजवादका लागि जनमत संग्रह गर्ने शर्तमा मात्रै एकताको पक्षमा रहेको बताए। त्यस्तो एकता कम्युनिस्टमा मात्रै नभएर कांग्रेसमा रहेका समाजवादीहरुसँग पनि हुने उनको भनाइ छ।

बस्तोलाले भने–‘समाजवाद चाहनेहरुबीच बृहत् एकताको लागि हामी तयार छौं । वैज्ञानिक समाजवादका लागि जनतमत संग्रह गर्न तयार हुनेसँग एकता हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077