Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमसीसीको टुंगो लगाउन अमेरिकी सहायक मन्त्री डोनाल्ड बुधबार काठमाडौं आउँदै

काठमाडौं । दक्षिण तथा मध्य–एसियाली मामिला हेर्ने अमेरिकी सहायक मन्त्री डोनाल्ड लू आगामी बुधबार नेपाल भ्रमणमा आउने भएका छन् ।

अमेरिकी अनुदान सम्झौता एमसीसी संसदबाट अनुमोदन हुन नसकेको र दलहरुबीच मतैक्य हुन नसकिरहेको बेला अमेरिकाले आफ्ना कूटनीतिज्ञलाई नेपाल पठाउन लागेको हो ।

अमेरिकी स्टेट डिपार्टमेन्टले आज एक विज्ञप्ति जारी गर्दै सहायक मन्त्री लू नोभेम्बर १७ मा काठमाडौ आउन लागेको जनाएको हो ।

काठमाडौंमा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहितका अन्य शीर्षस्थ नेताहरुलाई भेट्ने समेत उल्लेख छ ।

नोभेम्बर १५ मा माल्दिभ्स पुग्ने उनी त्यहाँबाट काठमाडौं आउन लागेका हुन् । सहायक मन्त्री लूको काठमाडौं भ्रमणको क्रममा नेपालमा संचालित अमेरिकी परियोजनाहरुबारे समेत द्धिपक्षीय छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077