Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सामूहिक बलात्कार भएपछि युवतीले ट्रेनभित्रै गरिन् आत्महत्या

एजेन्सी । गुजरातमा एकपछि अर्को बलात्कारका घटनाहरु सार्वजनिक भइरहेका छन्। दिवालीको लिन सफाई कर्मचारीले ट्रेन सफा गर्दै गर्दा एक युवतीको शव भेटेका थिए।

ट्रेनको माथिल्लो बर्थमा १९ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन्। प्रहरीले उनको साथमा मोबाइल फोन भेटाएको थियो। मोबाइलको जाँच गर्दा युवती गुजरातको नवसारीको वासिन्दा भएको खुलेको छ। द्धटनाको अनुसन्धानका क्रममा एक डायरी पनि भेटिएको छ।

उक्त डायरीमा युवतीले लेखेअनुसार आत्महत्याको २ दिनअघि उनी रातको समयमा वडोदरामा उस ठाउँमा जाँदै थिइन् जहाँ डेरामा बस्दै आएकी थिइन्। उक्त बेला २ रिक्सावालाले उनको अपहरण गरेका थिए। त्यसपछि वडोदराको वैक्सीन ग्राउण्डमा लगेर उनको बलात्कार गरिएको थियो।

एकजना बसवालाले उनलाई सहयोग गर्दै घरसम्म लगेका थिए। घटनाको २ दिनपछि युवतीले साथीलाई भेट्न जाने भनेर परिवारलाई जानकारी गराई वलसाडका लागि निस्किएकी थिइन्। गुजरातको क्वीन ट्रेनमा बिहान उनको शव डिब्बामा फेला परेको थियो।

युवतीले आफूमाथि भएको बलात्कारबारे जानकारी गराएकी थिइनन्। हाल प्रहरीले घटनामा संलग्न भनिएका २ रिक्सा ड्राइभर र युवतीलाई सहयोग गर्ने बसवालाको खोजी गरिरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077