Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महाराष्ट्रमा प्रहरी र नक्सलवादी विद्रोहीबीच भिडन्त, २६ जनाको मृत्यु

एजेन्सी । महाराष्ट्रको गढचिरौली जिल्लामा प्रहरी र नक्सलवादी विद्रोहीहरुबीच भएको भिडन्त भएको छ। ठूलो भिडन्तमा २६ जना विद्रोहीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

स्थानीय एसपी अंकित गोयलले मृतकहरुको संख्या पुष्टि गरेको समाचार एजेन्सी एएनआईले उल्लेख गरेको छ। गोयलले ग्यारपट्टी जंगलमा भएको भिडन्तमा चार प्रहरी पनि घाइते भएको जानकारी दिएका छन्।

घाइते प्रहरीलाई एयरलिफ्ट गरेर नागपुरको ओरेन्ज सिटी अस्पताल लगिएको छ। उनीहरुको उपचार जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077