Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

शुक्रबार ‘चोरबाटो’बाट सर्वोच्च पसेका जबरालाई आज गेटमै रोक्ने तयारी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन जारी नै छ। विशेषगरी नेपाल बार एसोसिएसनले विरोध तथा प्रदर्शनका कार्यक्रम गर्नुका साथै सर्वोच्चमा धर्ना दिँदै आएको छ।

जबराको राजीनामा माग गर्दै शुरु भएको आन्दोलन तत्काल मथ्थर हुने देखिँदैन। बारले जबरालाई आइतबार सर्वोच्च अदालत प्रवेश गर्न नदिने तयारी गरेको छ । बारले गत शुक्रबार गेटमै धर्ना दिएर जबराको प्रवेश रोक्ने प्रयास गरेपनि उनी चोरबाटोबाट सर्वोच्च पसेका थिए।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले आइतबार पनि जबरालाई सर्वोच्च प्रवेशमा निषेध गर्न धर्ना दिने बताए । श्रेष्ठले सकेसम्म सर्वोच्च अदालतभित्रै छिरेर गेटमा धर्ना दिने तर शुक्रबारजस्तै प्रहरी खटाएर भित्र जान रोके भने बाहिरै धर्नालाई जारी राख्ने बताएका छन्।

आइतबार बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने प्रवेशद्वारमै धर्ना दिने तयारी बारले गरेको छ। नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ। सर्वोच्च अदालतका २० मध्ये प्रधानन्यायाधीशबाहेक १९ जना न्यायाधीशले पनि उनको राजीनामा माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077