Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बेल्जियम विश्वकपमा छनोट

    बेल्जियम विश्वकपमा छनोट

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.2K
    SHARES

    एजेन्सी । बेल्जियम फिफा विश्वकप २०२२ मा छनोट भएको छ। छनोट चरणमा एक खेलअगावै बेल्जियमले कतारको टिकट पक्का गरेको हो।

    शनिबार राति भएको खेलमा बेल्जियमले इस्टोनियालाई ३–१ गोलले पराजित गरेको छ। क्रिस्टल प्यालेसका स्ट्राइकर क्रिस्टियन बेन्टेकेले खेलको ११ औँ मिनेटमा गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए।



    दोस्रो हाफमा यानिक कारास्कोले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै बेल्यिजमको अग्रता दोब्बर बनाए। ७४ औँ मिनेटमा थोरगान हाजार्डले तेस्रो गोल गरे।



    हाजार्डको गोलअघि इस्टोनिया एरिक सोरगाले एक गोल फर्काएका थिए। समूहकै अर्को खेलमा वेल्सले बेलारुसमाथि ५ १ को शानदार जीत हासिल गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार