Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

    विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ ।

    दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १/० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए ।



    त्यही अग्रता कायम राख्दै अर्जेन्टिनाले खेल जित्यो र ३ अंक जोड्न सफल भयो । लगातार तेस्रो जितपछि अर्जेन्टिना ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । ब्राजिलको २ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ ।



    ब्राजिलले अहिले भेनेजुएलासँग खेलिरहेको छ । छनोटकै अन्य खेलमा चिलीले पेरुलाई २/० ले, इक्वेडरले बोलिभियालाई २/१ ले हराउँदा कोल्मबिया र उरुग्वेले २/२ को बराबरी खेलेको छ ।

    कोलम्बिया ३ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ भने उरुग्वे र चिलीको समान ४ अंक छ र चौथो र पाँचौ स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार