Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दैछ। बैठक आइतबार दिउँसो एक बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो।

उक्त बैठकमा पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल हुनेछ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार १४ औं महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने छ।

यस्तै पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, प्रचार प्रसार समिति, भोजन–आवास व्यवस्थापन समिति, अर्थ सङ्कलन समिति र स्वयंसेवक व्यवस्थापन समिति पनि गठन गरिने छ।

महाधिवेशन मूल तयारी समिति सभापति देउवाको नेतृत्वमा हुने छ भने पार्टीको नीति तथा कार्यक्रमम समिति संयोजक वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077