Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रधानन्यायाधीश राणाको राजिनामा माग्दै उच्च अदालत जनकपुरका कानुन व्यवसायीहरुले पनि गरे प्रदर्शन

जनकपुरधाम । नेपाल बार एशोसिएशन जनकपुरका पदाधिकारीहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै उच्च अदालत जनकपुरको मुल गेटमा धर्ना दिएका छन् ।

नेपाल बार एसाेसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्वमा कानुन व्यवसायीहरू आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् ।

उनीहरुले ‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका छन्।

नेपाल बार एसाेसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको कानुन व्यवसायीहरुले बताएका छन्।

बारले गत कात्तिक पहिलो सातदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।

प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा भाग खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बचौलियासँग साँठगाँठ गरेको लगायतका आरोप लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077