Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मुस्ताङमा हिउँ पहिरो, शिक्षकसहित ९ विद्यार्थी घाइते

जोमसोम । हिमाल पारीको जिल्ला भनेर चिनिने मुस्ताङमा जाडोयाम सुरु भएसँगै हिउँ पहिरो गएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार सदरमुकामसँगै जोडिएको थासाङ गाउँपालिका वडा नम्बर २ को माथिल्लो थाप्लामा आज बिहान हिउँ पहिरो गएको हो।

आज बिहान पौने १२ बजेको आसपासमा धौलागिरि हिमालको रेन्जबाट हिउँ पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

प्रहरीका अनुसार धौलागिरिकै अर्को पिकबाट हिउँ पहिरो गएको हो । भाग्दा लडेर केही मानिसहरु घाइते भएको प्रहरीले बताएको छ।

घाइते हुनेमा शिक्षकसहित ९ जना विद्यार्थीहरु रहेका छन् । उनीहरूलाई उपचारका लागि जोमसोम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077