Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सत्तारुढ विद्यार्थी संगठनले गर्यो मूल्यवृद्धिको विरोधमा ग्याससहित प्रदर्शन

    सत्तारुढ विद्यार्थी संगठनले गर्यो मूल्यवृद्धिको विरोधमा ग्याससहित प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.2K
    SHARES

    काठमाडौं । सत्तारुढ दल निकटका विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा ग्याससहित प्रदर्शन गरेका छन् ।

    आइतबार भृकुटीमण्डपको रत्नराज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका पार्टी निकट विद्यार्थी संगठनले ग्याससहित प्रदर्शन गरेका हुन् ।



    संयुक्त विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।



    गत बुधबार रातिबाट लागू हुने गरी सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँ र खान पकाउने ग्यासमा प्रति सिलिण्डर ७५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो।

    यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पनि इन्धन र खाद्यान्नमा भएको मूल्यवृद्धिविरुद्ध प्रदर्शन गरेको  थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार