Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • चन्द्र ढकालको विवादित रिसोर्टलाई ‘उत्कृष्ट लक्जरी रिसोर्ट’को अवार्ड

    चन्द्र ढकालको विवादित रिसोर्टलाई ‘उत्कृष्ट लक्जरी रिसोर्ट’को अवार्ड

    अनलाइन नेपाल
  • आइतबार, २८ कार्तिक २०७८
  • 1.1K
    SHARES

    काठमाडौँ । अबैध रुपमा जंगल फडानी गरी निर्माण गरिएको काठमाडौँको चन्द्रागिरि हिल्स रिसोर्टले वर्ष उत्कृष्ट लक्जरी रिसोर्टको अवार्ड पाएको छ।

    उक्त रिसोर्ट निर्माण गर्दा नै चौतर्फी विरोध भएको थियो। एकातिर सरकारी जग्गा कौडको भाउमा लिएको र अर्कोतिर अवैध रुपमा जंगल नै फडानी गरी रिसोर्ट बनाएको भन्दै विरोध भएको थियो।



    शुक्रबार भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न एक कार्यक्रमका बीच चन्द्रागिरिलाई ‘अन्तर्राष्ट्रिय हस्पिटालिटी एन्ड ट्राभल अवार्ड २०२१’ प्रदान गरिएको हो।



    कार्यक्रमका प्रमुख अतिथिहरु रहेका नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री प्रेमबहादुर आले र भारतका पूर्वमन्त्री एवम् राज्य सभाका सांसद विजयगोयलले रिसोर्टलाई सो पुरस्कार प्रदान गरेका थिए।

    चन्द्रागिरी हिल्स रिसोर्ट विवादित व्यवसायी चन्द्र ढकालको हो । ढकाल आईएमई ग्रुपका अध्यक्ष हुन् भने ग्लोबल आईएमई बैंकका संचालक समेत हुन्।

    ढकाल यतिबेला चन्द्रागिरीमा केवलकारको प्रोजेक्ट गर्दा सरकारलाई प्रभावमा पारी न्यूनतम रकममा जग्गा भाडामा लिएको, बन फँडानी गरी वातावरण प्रदूषण गराएको मुद्दा खेपिरहेका छन् । तर सरकारले नै ढकालको रिसोर्टलाई पुरस्कृत गरेको हो।

    विवादित छवीका ढकाल
    जुन पार्टी सरकारमा आए पनि प्रभावमा पार्न सफल ढकालले चन्द्रागिरी केवलकार निर्माणका लागि वनको जग्गा कौडीको मूल्यमा हडपेका छन् । सरकारी वन कौडीको मूल्यमा हडपेका ढकालले चन्द्रागिरी केवलकारमा मनग्य फाइदा लिएपछि संभावित अन्य क्षेत्रका केवलकारको अनुमति लिनेहरुलाई पनि वन कार्यालयदेखि विभिन्न कानुनी अड्चन पैदा गरी काम गर्न नदिएको आरोप छ ।

    अरुणकुमार सुवेदीले मुक्तिनाथ केवलकारको अनुमति पाए पनि ढकालले नै वन कार्यालयमार्फत् भाँजो हालेर काममा काम गर्न दिएका छैनन् । कास्कीको वीरेठाँडीदेखि मुस्ताङसम्म ८३ दशमलव ६५ किलोमिटर लम्बाइ रहने केवलकारमा ६ वटा स्टेशन रहनेछन् ।

    जुन केवलकारमा भारतीय सन्तमहन्तहरुको समेत चासो रहेको र लगानी समेत गर्ने थाहा पाएपछि ढकालले उक्त परियोजना हत्याउने हत्कण्डा प्रयोग गर्दैआएका छन् । यसरी अरुले ब्यवसाय गर्न खोज्दा षडयन्त्र गर्ने ढकाल कसरी उद्योगी ब्यापारीका नेता हुनसक्छन् भन्ने आम व्यवसायीहरुमाझ प्रश्न उठेको छ ।

    त्यसो त ढकालले चन्द्रागिरीमा अवैधानिक रुपमा रिसोर्टको संरचना खडा गरेको बिषय पनि उठ्दै आएको छ । उनले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन विपरीत रिसोर्ट निर्माण गरेको खुलिसकेको छ । तर, पनि राज्यका निकायहरुलाई प्रभावमा पारेका कारण उनीमाथि कुनै पनि कारबाही हुन सकेको छैन ।

    चन्द्रागिरी हिल्स प्रालिले निर्माण गरिरहेको रिसोर्टको संरचना अवैधानिक भएकाले पर्यटन विभागलले स्तरीकरण प्रक्रिया पनि रोकेको थियो । इआइए रिपोर्टमा रिसोर्टको संरचना निर्माणमा ४० वटा हटस्पट भवनहरु बनाउने उल्लेख छ । तर, व्यवसायी ढकालले रिपोर्टको बर्खिलाप ६० स्टोरेजका ठूला भवन निर्माण गरेर राज्यलाई खुल्ला चुनौति दिंदै आएका छन् ।

    हुन्डी कारोबारबाट व्यवसायमा छिरेकाे आराेप लाग्दै आएका चन्द्र ढकालको ब्यापार दिन दुई गुणा रात चौगुणाका दरले बृद्धि हुँदै गएको जगजाहेर छ । ढकालले अरबौंको साम्राज्य कसरी बनाए भन्ने कुरा खोजीको बिषय बन्ने गरेको छ । नेपालका राजनीतिक दलका नेता, मन्त्री र उच्च प्रशासकहरुको भ्रष्टाचारको लगानी चन्द्र ढकालको ब्यापारमा रहेको बिषयमा सरोकारवाला निकायले खोजी गर्ने आँट गर्न सक्दैनन् ।

    नेपालमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले खुद्रा मसिना गुण्डानाइकेहरुको सम्पत्ति छानबिन गर्नेबाहेक अरबौंको भष्टाचारको धन लगानी भएका ढकालहरुको ब्यवसायमाथि छानबिन गर्ने हिम्मत गर्न सक्दैन ।

    कुनै समय सिआईबी र सम्पत्ति सुद्दिकरण विभागले ढकालको अबैध सम्पत्तिको स्रोत छानविन गर्न खोज्दा उनी कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई लगाएर कारबाहीबाट जोगिएका थिए । त्यतिखेर सिटौला गृहमन्त्री थिए । सिटौलालाई उनले चण्डोलमा घर समेत किनिदिएको त्यतिबेलै खुलेको थियो ।

    चन्द्र ढकालको आईएमई ग्रुपदेखि इन्भेष्टमेन्ट कम्पनीमा भ्रष्टाचारको धन लगानी भएको खुलिसकेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन टोखा नगरपालिकका कार्यकारी अधिकृत ऋषिराम अर्यालले भ्रष्टाचार गरी गैरकानुनी रुपमा १८ करोड रुपैयाँ आर्जन गरेको २०७७ जेठ ७ मा विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन २०५८ को दफा ४७ बमोजिम मुद्दा दायर गरेको थियो ।

    अधिकृत अर्यालले भ्रष्टाचार गरेको सम्पत्ति चन्द्र ढकालको आईएमई ग्रुपको इन्भेष्टमेन्ट कम्पनीमा लगानी गरेको तथ्य अख्तियारको अनुसन्धानमा खुलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार