Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • ‘रिफ्रेस’ हुन माइक्रो चढेर चन्द्रागिरि पुगिकी राष्ट्रपति भण्डारीले खानामा खाइन् सिस्नोको झोल र लोकल कुखुराको सुप

    ‘रिफ्रेस’ हुन माइक्रो चढेर चन्द्रागिरि पुगिकी राष्ट्रपति भण्डारीले खानामा खाइन् सिस्नोको झोल र लोकल कुखुराको सुप

    अनलाइन नेपाल
  • मंगलबार, १९ असोज २०७८
  • 2.5K
    SHARES

    फाइल फोटो

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि हिल्स रिसोर्ट पुगेकी छिन् ।

    शितल निवास स्रोतका अनुसार सोमबार दिउँसो छोरीहरुसहित राष्ट्रपति भण्डारी माइक्रोबस चढेर चन्द्रागिरि गएकी हुन्।



    कारगेड सुरक्षासहित यात्रा गर्दा ट्राफिक जाम हुने र अन्य यात्रुहरुले सास्ती पाउने भन्दै उनलाई माइक्रो बस चढाएर चन्द्रागिरि पुर्याइएको स्राेतले जानकारी दियाे ।



    सोमबार बेलुका उतै बसेकी उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम रहेको स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार सोमबार राति राष्ट्रपति भण्डारीले सिस्नोको झोल, लोकल कुखुराको सुप र पोखरेली चामलको भात खाएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार