Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • चन्द्रागिरी सिल : नागढुंगामा कडाइदेखि सम्पूर्ण पलसहरु बन्द, हिडडुलमा समेत प्रतिवन्ध

    चन्द्रागिरी सिल : नागढुंगामा कडाइदेखि सम्पूर्ण पलसहरु बन्द, हिडडुलमा समेत प्रतिवन्ध

    अनलाइन नेपाल
  • शनिबार, १ जेष्ठ २०७८
  • 3.2K
    SHARES

    काठमाडौं । चन्द्रागिरी नगरपालिकाले एक साता अवधिभरका लागि नगरपालिका सिल (लकडाउन) गरेको छ । नगरपालिकाले आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म बिहान ६ बजे देखि सांझ ५ बजे सम्म सर्वसाधरणलाई हिँडडुल गर्न पूर्ण रुपमा प्रतिबन्ध लगाएको छ भने उपत्यका छिर्ने मुख्य नाका नागढुंगाको चेकिङमा समेत कडाई गरेको छ ।

    कोभिड १९ को संक्रमणको रोकथाम र नियन्त्रणका लागि औषधी पसल र स्वास्थ्य संस्थाका अत्यावश्यक सेवा बाहेकका अन्य सेवा र सम्पूर्ण खाद्यान्न पसल, किराना पसल, मासु पसल, फलफुल तथा तरकारी पसल, निर्माण व्यवसायी लगायतका पसलहरु, नगरपालिकाका वडा कार्यलय, नगरबाट सञ्चालित योजनाहरु, सरकारी , गैरसरकारी, बैक तथा वित्तीय संस्थाहरु निजी सम्पुर्ण कार्यालयका सेवा पुर्णरुपमा बन्द गरि नगरपालिकालाई नै सिल गरेको हो ।



    खानेपानी, ढुवानीका साधन, दुग्ध उत्पादन र दुग्ध उद्योगबाट उत्पादित दुधको ढुवानीका साधन, पशुपक्षीको दाना, कृषि प्रयोजनका बिउ, बिजन, कृषि उत्पादन, औषधी उद्योग लगायत फोहरमैला बोक्ने सवारी साधनहरुलाई सिल अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने भएको छ ।



    नगरपालिका सिल भएपछि उपत्यका प्रवेश गर्ने नाका नागढुंगामा सुरक्षा जाँच कडा पारिएको छ । अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, खाद्यान्न ढुवानीका सवारी साधन बाहेकलाई प्रवेश नाकाबाट नै फर्काउने काम गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार