Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • भोलीबाट आन्तरिक हवाइ उडान बन्द, बाह्य पनि बन्द गर्न सिफारिस

    भोलीबाट आन्तरिक हवाइ उडान बन्द, बाह्य पनि बन्द गर्न सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ बैशाख २०७८
  • 3.7K
    SHARES

    काठमाडौं । सरकारले भोलीबाट आन्तरिक हवाइ उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस संक्रमण रोकथामका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा सरकारले उडान बन्द गर्ने निर्णय गरेको हो । कोरोना संक्रमण तीव्र गतिमा फैलिएपछि सरकारले भारतसँगको हवाइ उडान भने आज मध्यरातदेखि लागू हुनेगरि बन्द गर्ने निर्णय गरेको छ ।

    भारतमा कोरोना संक्रमण बढेर उच्च बिन्दुमा पुगे पनि हवाइ उडान निर्वाध रुपमा हुँदै आएका थिए। केही दिनअघि मात्र कोभिड –१९ संकट व्यवस्थापन केन्द्रले सीमा नाका बन्दको निर्णय गरेको थियो। आन्तरिक रुपमा पनि हवाइ उडान सञ्चालनमा राखेको भन्दै सरकारको आलोचना भइरहेको थियो।



    यसअघि बसेको सीसीएमसी बैठकले आन्तरिक हवाइ उडान सँगसँगै कोरोना बढी प्रभावित देशका बाह्य उडान समेत बन्द गर्न सिफारिस गरेको थियो ।



    आइतबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० बैठकले सरकारी र बैंक तथा वित्तिय संस्थालाई एक चौंथाइ कर्मचारी राखेर संचालन गर्न दिने निर्णय गरेको हो ।

    सोमबारदेखि बिहान १० बजेसम्म मात्र अत्यावश्यक पसलहरु खोल्न अनुमति दिने निर्णय भएको छ । यसअघि बेलुका ५ बजेदेखि ७ बजेसम्म पसल खोल्न अनुमति दिएकोमा भोलिदेखि भने बेलुका पसलहरु खोल्न नदिने निर्णय पनि प्रशासनले गरेको छ ।

    ‘बैंक तथा वित्तिय संस्थाको अनावश्यक मुभेन्टलाई रोक्ने र बेलुकापख पसल खोल्न नदिने निर्णय भएको छ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भने, ‘मास्क नलगाउनेलाई होल्डिङमा राखेर जरिवाना गर्ने निर्णय समेत भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार