Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • पर्सीबाट आन्तरिक हवाई सेवा सुरु, अन्तर्राष्ट्रिय उडान पनि थपियो

    पर्सीबाट आन्तरिक हवाई सेवा सुरु, अन्तर्राष्ट्रिय उडान पनि थपियो

    अनलाइन नेपाल
  • मंगलबार, ८ असार २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकले शर्तसहित हवाई उडान खोल्ने निर्णय गरेको हो । उक्त निर्णय आज मात्रै सम्बन्धित मन्त्रालयमा पुगेका हुनाले भोलीबाट हवाई सेवा सुरु हुने भएको हो ।

    ससरकारले गन्तब्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुला गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ । यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ ।



    पर्यटन मन्त्रालयले भोली (बुधबार) सम्म तालिका तय गर्ने र पर्सी (विहिबार) बाट सेवा सुरु गर्ने तयारी गरेको छ । सरकारले अन्तर्राष्ट्रियतर्फ समेत नियमित हवाई उडान थप गर्ने निर्णय गरेको छ । अब काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् ।



    त्यसैगरी काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ । काठमाडौं–दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ ।

    दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला भएको छ भने काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार