Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सबै देशमा हवाई उडान खुला गर्ने सीसीएमसीको निर्णय

    सबै देशमा हवाई उडान खुला गर्ने सीसीएमसीको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ९ मंसिर २०७७
  • 4.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै देशहरुमा हवाई उडान गर्न अनुमित दिने निर्णय गरेको छ ।

    सीसीएमसीकाे आज बसेको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।



    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंका अनुसार संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मलुकमा पनि आवश्यकता अनुसार नियमित उडानको अनुमति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय दिनेछ ।



    विभिन्न सरकारी कार्यालयहरुमा एक दुई जनामा संक्रमण पोजेटिभ देखिने वित्तिकै सम्पूर्ण सेवा बन्द गर्ने प्रवृति बढेकाले त्यस्तो नगर्न पनि सीसीएमसीले निर्देशन दिएको छ । संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राखेर सेवा नियमित गर्न निर्देशन समेत सीसीएमसीले निर्दे शन दिएको छ ।

    पछिल्लो समय काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएको भन्दै उपत्यका मेयर फोरमले कडा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो । यद्यपी सीसीएमसीले तत्काल निषेधाज्ञा गर्ने विषयमा भने कुनै निर्णय गरेको छैन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार