Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • हवाइ उडान स्थगित गर्न सीसीएमसीको मन्त्रिपरिषद् समक्ष सिफारिस

    हवाइ उडान स्थगित गर्न सीसीएमसीको मन्त्रिपरिषद् समक्ष सिफारिस

    अनलाइन नेपाल
  • शनिबार, १८ बैशाख २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले अन्तर्राष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।



    सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने भएका छन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ ।



    हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएको छ । हवाई सेवा बाहेक अन्य यातायातमा रोक लगाएको छ । अन्य यातायात व्यवसायीले हवाई यातायाता पनि बन्द गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार