Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • १७ गतेबाट उडान हुने निर्णय भएसँगै वायुसेवा कम्पनीद्वारा टिकट बिक्री शुरु

    १७ गतेबाट उडान हुने निर्णय भएसँगै वायुसेवा कम्पनीद्वारा टिकट बिक्री शुरु

    अनलाइन नेपाल
  • बुधबार, ९ असार २०७८
  • 2K
    SHARES

    फाइल फोटो

    काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि बन्द भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने निर्णय गरेसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित आन्तरिक उडान १७ असारबाट शुरु गर्ने निर्णय गरेको छ ।

    उडानको मिति तोक्ने जिम्मेवारी मन्त्रिपरिषद्ले पर्यटन मन्त्रालयलाई दिएको थियो । मन्त्रालयका अनुसार १७ असारबाट आन्तरिकतर्फका नियमित उडान हुनेछन् । यद्यपी उडान भने साविकको तुलनामा ५० प्रतिशत मात्र हुनेछ । सोको व्यवस्थापन भने नेपाल नागरिक उड्डयन प्राधिकरणले गर्नेछ । सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।



    अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ ।



    यस्तो छ उडान तालिका

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार