Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • अब लकडाउन उल्लंघन गर्नेलाई जेल सजाय, रुपन्देहीमा तीन जना कारागार चलान

    अब लकडाउन उल्लंघन गर्नेलाई जेल सजाय, रुपन्देहीमा तीन जना कारागार चलान

    अनलाइन नेपाल
  • शुक्रबार, १७ बैशाख २०७८
  • 3.8K
    SHARES

    काठमाडौं । गृह मन्त्रालयले निषेधाज्ञाको समयमा सर्वसाधारणलाई अति आवश्यक नपरी घरबाहिर ननिस्कन आग्रह गरेकै दिन रुपन्देहीमा भने तीन जना जेल चलान भएका छन् ।

    मन्त्रालयले हिजो कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गर्न सर्वसाधारण नागरिकलाई आग्रह समेत गरेको छ।



    निषेधाज्ञाको कार्यान्वयनका लागि थप कडाई गर्ने जनाउँदै मन्त्रालयले निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले निषेध आदेशको अवधिभर सकेसम्म घर बाहिर ननिस्कन आग्रह गरेको हो ।



    उता, रुपन्देहीमा भने निषेधाज्ञा उल्लंघन गरेको आरोपमा तीन जालाई प्रहरीले एक महिना कारागार चलान गरेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट जारी भएको निषेधाज्ञाको अवज्ञा र प्रहरीसँग विवाद गरेको भन्दै ८ जनालाई नियन्त्रणमा लिएकोमा प्रतिव्यक्ति नौ हजार एक सय रुपैयाँ जरिवाना तिर्न नसकेका तीनजना कारागार चलान भएका हुन् ।

    कारागार चलान हुनेहरुमा रुपन्देहीको मायादेवी गाउँपालिका–४का २७ वर्षीय दिनेश यादव, सिद्धार्थनगर नगरपालिका–८ का २८ वर्षीय श्याम दुबे र मायादेवी–२ का ३४ वर्षीय महेन्द्र कोहार रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

    नियन्त्रणमा लिइएका ७ जना पुरुष र एक महिलामध्ये पाँचजना पुरुषले भने नौ हजार एक सय र एक महिलाले ६ सय रुपैयाँ जरिवाना तिरेर छुटेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार