Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • काठमाडौं प्रवेश गर्ने अनिवार्य क्वारेन्टाइनमा, खाद्यान्न पसल बिहान १० बजेसम्म खोल्न पाइने

    काठमाडौं प्रवेश गर्ने अनिवार्य क्वारेन्टाइनमा, खाद्यान्न पसल बिहान १० बजेसम्म खोल्न पाइने

    अनलाइन नेपाल
  • सोमबार, १३ बैशाख २०७८
  • 3.6K
    SHARES

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ । वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा सबै बन्द हुने भएका छन् ।

    प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेश अनुसार सो अवधिमा खाद्यान्न सामाग्रीहरुका पसल÷व्यवसाय बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खाद्यान्न सामग्रीका पसलहरु खोल्न पाइने छ । आदेश अनुसार खाद्यान्न सामग्री र औषधि तथा स्वास्थ्य सामग्री सम्बन्धित पसल व्यवसाय बाहेकका अन्य पसललाई बन्द हुनेछन् ।



    यस्तै, डिपार्टमेन्ट स्टोरको हकमा ग्रोसरी कक्ष मात्र खुला गर्न भनिएको छ । डिपार्टमेन्टका ग्रोसरी कक्ष बिहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरुको हकमा कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा आवतजावत गर्न पाउनेछन् ।



    त्यसैगरी काठमाडौं प्रवेश गर्नेले अनिवार्य रुपमा क्वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको छ । आदेशमा काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानीय तहले तोकेको क्‍वारेन्टाइन र होम आइसोलेसनमा बस्नु पर्ने भएको हो । यस्तै,काठमाडौंमा अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा हाललाई स्थगन गर्ने पनि आदेशमा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार