Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • व्यवस्थित लकडाउन गर्न सरकारलाई संसदीय समितिको सुझाव

    व्यवस्थित लकडाउन गर्न सरकारलाई संसदीय समितिको सुझाव

    अनलाइन नेपाल
  • मंगलबार, १४ बैशाख २०७८
  • 2.5K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिइरहेको भन्दै त्यसलाई रोक्न व्यवस्थित लकडाउन गर्न सरकारलाई सुझाव दिएको छ । शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकले कोरोना संक्रमण एक व्यक्तिबाट अर्कोमा सर्ने क्रम (चेन) तोड्न सरकारलाई २१ बुँदे निर्देशन तथा सुझाव दिएको हो ।

    समितिको बैठकपछि २१ बुँदे निर्देशन तथा सुझाव पारित भएको छ । जसमा लेखिएको छ,‘कोरोना संक्रमणलाई रोक्न चेन ब्रेक आवश्यक भएकोले व्यवस्थित लकडाउन गर्नुपर्ने ।’ सरकारले बिहीबारदेखि लागु हुनेगरी पहाडी क्षेत्रका जिल्लामा २०० भन्दा बढी र सहरी क्षेत्रका जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेमा निषेधाज्ञा लगाउने अधिकार स्थानीय प्रशासनलाई दिएको थियो ।



    त्यस्तै, संसदीय समितिले कोरोना संक्रमणको चेन तोड्नका लागि गरिने निषेधाज्ञा र लकडाउनका क्रममा कोरोना संक्रमित र अन्य रोगका बिरामीलाई स्वास्थ्य परामर्श दिनका लागि टेलिमेडिसिनको व्यवस्था गर्न पनि सुझाव दिएको छ ।



    सभापति जयपुरी घर्तीले समितिले सीमा क्षेत्रमा हेल्थ डेस्क र सूचना डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको बताइन् ।

    समिति बैठकमा सांसदहरूले संघीय सरकारका मन्त्रालयहरूबीच आवश्यक समन्वय नभएकाले प्रभावकारी रूपमा काम हुन नसकेको बताएका थिए । कोरोना संक्रमितको उपचार गर्ने अस्पतालहरूमा आवश्यक जनशक्तिको व्यवस्था गर्न, राहत र स्वास्थ्य सामग्रीको वितरण आवश्यकताका आधारमा गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

    यस्तो छ २१ बुँदे निर्देशन तथा सुझाव

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार